Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमकाेटमा माेटरसाइकल दुर्घटनामा परी एक किशाेरीकाे मृत्यु

मोटरसाइक दुर्घटनामा परी घाइते भएकी रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ की सुभानी गौतमको मृत्यु भएको छ । उपचारको क्रममा जिल्ला अस्पताल रुकुमकोटमा गएराति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । मध्य पहाडी लोक मार्गबाट छिप्रीदह तर्फ जादै गरेको रा ५ प ६६४८ नम्बरको माेटरसाइकल बिहिबार साँझ ८ बजेतिर छिप्रीदह बजारमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाइते भएकी अन्दाजी १९ वर्षीया गौतमको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गौतमको शव अहिले जिल्ला अस्पतालमा रुकुम पूर्वमा राखिएको प्रहरीको भनाई छ । मोटरसाइकल चालक सिस्ने गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी २१ वर्षका सुभोचन रेउले घाइते भएका छन् । घाइते रेउलेको कास्की पोखरा स्थित ग्यालेक्सी हस्पिटलमा उपचार भइ रहेको प्रहरी नायव उपरिक्षक तथा डिएसपी अन्जना श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update