Kakhara सबैको खबर सम्पूर्ण खबर
गाेइरी दुर्घटना अपडेटः गम्भीर घाइते चार जनालाई हेलिकप्टर मार्फत कोहलपुर लगियाे
घाइतेलाई रिफर गरिँदै ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ गाेइरीजिउलामा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका पाँच जनालाई रिफर गरिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत चार जनालाई थप उपचारको लागि कोहलपुर पठाइएको हो । भने एकजनालाई एम्बुलेन्स मार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो ।  

रिफर हुनेमा चौरजहारी नगरपालिका १४ का २४ वर्षिय प्रेम सुनार, ११ का ३० वर्षिय रणबहादुर ओली, १४ का २६ वर्सिया कविता परियार, वडा नम्बर १० का २५ वर्षीय प्रविन पुन र वडा नम्बर १३ का ४ वर्सिया डिला विष्ट रहेको  चौरजहारी नगर प्रमुख पुष्प वादीले जानकारी दिनुभयो । उहाँका अनुसार डिलालाई एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको हो । भने अन्य  चार जनालाई नेपाली सेनाकाे हेलिकप्टर मार्फत कोहलपुर पठाइएको हो । 

चौरजहारी नगरपालिका १३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका २ का अन्दाजी ७ वर्षका बालक प्रतिक बुढाको यसअघि मृत्यु भइसकेको छ । अन्य १४ जनाको अवस्था सामन्य रहेको र चौरजहारी अस्पतालमा उपचार भइरहेका नगर प्रमुख वादीले जानकारी दिनुभयो । आज बिहान चौरजहारी नगरपालिका १३ रातामाटाबाट जिल्ला सदुरमुकाम खलंगा आउने क्रममा चौरजहारी ८ गाेइरीजिउलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटनामा परेको थियो ।

जीपमा सवार चालक सहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी लाेकमार्गबाट भेरी नदी नजिक खसेको थियो । जीपमा क्षमता भन्दा बढी व्यक्ति चढाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीकाे भनाई छ । यस बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update