रक्सी खाएर कार्यालय आएका यहाँका एक कार्यालय प्रमुखलाई प्रहरीले पक्रेको छ । रुकुम पश्चिमको मालपोत कार्यालयका निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई प्रहरीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।
रक्सी खाएर कार्यालय आएको र सेवाग्राहीको कामकाज वेवास्ता गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा रक्सी खाएर कार्यकक्षमा बसेको र कामकाजमा ध्यान नदिएको पाइएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो ।
प्रहरीले स्थानीय प्रशासन ऐन २०२८ को दफा ९ (१)मा अनुसार कारबाही गर्ने जनाएको छ । यो ऐन अनुसार मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हो हल्ला गर्ने तथा शान्ति मच्चाउने व्यक्तिलाई एक हजार रुपैयाँ जरीवाना गर्ने व्यवस्था छ ।