Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला प्रशासनमा डिजिटल नागरिक बडापत्र  
जिल्ला प्रशासन कार्यालयमा राखिएकाे डिजिटल बडापत्र ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । प्रशासनले आइतबार देखि कार्यालय परिसरमा डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको हो । बडापत्र सञ्चालनमा आएसँगै प्रशासनबाट नागरिकलाई प्रवाह गरिने सम्पूर्ण सेवा बारे जानकारी लिन सजिलो भएको छ । नागरिक बडापत्रमा सेवाग्राहीले आफ्नो आवश्यकता अनुसार जुनसुकै विषयबारे हेर्न सक्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । 

उहाँका अनुसार बडापत्रमा सूचना र समाचार हर्न मिल्छ । त्यस्तै प्रशासन कार्यालयबाट प्रदान हुने सेवा, प्रशासनका सम्पूर्ण शाखामा कार्यरत कर्मचारीहरूको विवरण, कार्यालयको सूचना पिडिएफ, टेक्स्ट आदीमा हेर्न र पढ्न सकिन्छ । नागरिक बडापत्र सञ्चालन भएसँगै सेवा लिँदा सेवा ग्राहीले अपनाउनुपर्ने प्रक्रिया र आवश्यक कागजातहरूको पनि जानकारी लिन सहज हुने जिल्ला प्रशासन कार्यालयले  जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update