Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेश रोजगार सेवा केन्द्र कर्मचारी हकहित मञ्च गठन 

कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत रोजगार सेवामा कार्यरत कर्मचारीहरूको हकहितमा काम गर्ने भन्दै कर्णाली प्रदेश रोजगार सेवा केन्द्र कर्मचारी हकहित मञ्च गठन गरिएको छ । रोजगार सेवामा कार्यरत कर्मचारीहरूको भेलाले मञ्चको तदर्थ समिति गठन गरेको छ । भर्चुअल भेलाबाट सुर्खेतमा कार्यरत प्रकाश पौडेलको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको हो । जसको सह संयोजकमा सुर्खेतमै कार्यरत हरिबहादुर बुढा र सचिवमा दैलेखमा कार्यरत नवराज थापा चयन हुनुभएको छ ।

सदस्यमा डोल्पाका सुकबिर रोकाय, जाजरकोटका दीपेन्द्रकुमार राना, सल्यानका जीवन शर्मा, जुम्लाका हरिकृष्ण चौलागाई, कालिकोटका रेसम शाही, मुगुका नेत्रराज बुढा, हुम्लाका वीरबहादुर थापा र रुकुम पश्चिमका कृष्णप्रसाद शर्मा रहनुभएको छ । भेलाले पौष १ गते पायक पर्ने ठाउँमा भेला भएर थप छलफल गर्ने निर्णय समेत गरेको छ ।  

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update