
प्रेस युनियन रुकुम पश्चिमको नयाँ कार्यसमिति चयन भएको छ । आज नेपाली काँग्रेसको पार्टी कार्यालय जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा भएको अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनले सुमित्रा केसीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्माण गरेको हो । जसको उपाध्यक्षमा गोविन्द थापा, गीता डाँगी, सचिवमा करण विक, सहसचिवमा करिष्मा केसी र कोषाध्यक्षमा रतन शाही चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा अनिशेष केसी, चक्र विष्ट, आयुषा हमाल, शोभिराम केसी र भावना बुढाथोकी चयन हुनुभएको छ । नव निर्वाचित पदाधिकारीलाई प्रेस युनियनको केन्द्रीय कार्यसमितिले बधाई तथा शुभकामना समेत दिएको छ । नव निर्वाचित अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै पार्टीका जिल्ला सभापति प्रेमप्रकाश ओली, प्रेस युनियनका केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष नहकुल अर्याल, महासचिव दिलीप पौड्याल, उपमहासचिव कलम पन्थ, कोषाध्यक्ष माधव धिताल, पूर्व वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पार्टीका जिल्ला सचिव परमेश्वर भण्डारी, सहसचिव यज्ञ विष्ट लगायतको आतिथ्यता रहको थियो ।