Kakhara सबैको खबर सम्पूर्ण खबर
घाइतेलाई सहयोग

नेकपा माओवादी केन्द्र रुकुम पूर्व पूर्व सिस्ने गाउँपालिका अध्यक्ष मन्सराम खड्का र अनेरास्ववियु क्रान्तिकारी रुकुम पूर्वका जिल्ला संयोजक चन्द रसाइलीले आर्थिक सहयोग गर्नुभएको छ । शनिवार भिरबाट लडेर गम्भीर घाइते भएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय रजी बुढालाई सहयोग गर्नुभएको हो ।

उपचारको लागि थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले आफूहरूले सहयोग गरेको अनेरास्ववियु क्रान्तिकारी रुकुम पूर्वका जिल्ला संयोजक रसाइलीले जानकारी दिनुभयो । जिल्ला अस्पताल रुकुम पूर्वमा पुगेर उहाँहरूले बुढालाई आर्थिक सहयोग गर्नुभएको हो । खड्काले नगद पाँच हजार र रसाइलीले नगद तीन हजार सहयोग गर्नुभएको छ ।

गाउँ नजिकैको जङ्गलमा दाउरा काट्ने क्रममा लडेका बुढाको टाउकोमा गहिरो चोट लागेको छ, भने दायाँ हात भाँचिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update