
अनेरास्ववियू क्रान्तिकारी रुकुम रुकुम पूर्वका जिल्ला संयोजक चन्द्र रसाइलीले आफ्नो जन्मदिनको अवसरमा सहिद परिवारलाई सम्मान गर्नुभएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ सिमाका रसाइलीले आफ्नाे २७ औँ जन्मदिनको अवसरमा जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ रुमालबाराका ४ जना सहिद परिवारलाई सम्मान गर्नुभएको हो । आइतबार एक कार्यक्रमका बिच सहिद परिवारलाई सम्मान गरेको उहाँले बताउनुभयो ।
तत्कालीन जनयुद्धको बेला म्याग्दीको बेनी कब्जामा साहदत प्राप्त गर्नुभएका जनमुक्ति सेनाहरू सहिद श्रवणकुमार मल्ल, सुपारि परियार, खारा आक्रमणमा साहदत प्राप्त गर्नुभएका सहिद सीता घर्ती, र दिलकुमारी घर्तीका परिवारलाई रसाइलीले सम्मान गर्नुभएको हो । सहिद परिवारलाई रेडियोका साथमा सहिद परिवारका फोटा र दोसल्लाले सम्मान गरिएको रसाइलीले जानकारी दिनुभयो ।
जन्मदिनमा हुने फजुल खर्च कटाएर सहिद परिवारलाई सम्मान गरिएको रसाइलीले बताउनुभयो । उहाँले महँगो खर्चिलो गरी जन्मदिन मनाउनु भन्दा त्याग, तपस्या र बलिदान गरेका सहिद परिवारलाई सम्मान गरिएको जानकारी दिनुभयो । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री कमला रोकाले विद्यार्थी नेता रसाइलीलाई जन्मदिनको शुभकामना दिँदै जन्मदिनको अवसरमा सहिद परिवारलाई गरिएको सम्मान समाजको लागि उदाहरणीय भएको बताउनुभयो ।
यस्ता सामाजिक सद्भावका कार्यहरूमा निरन्तर जोड दिनुपर्ने उहाँको भनाई थियो । त्यस्तै माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बरालले विद्यार्थी नेता रसाइलीको यो परिवर्तनशील कार्य स्मरण र सिकाइ योग्य भएको बताउनुभयो । कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सूर्य नेपाली, अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला प्रतिनिधि कुलप्रसाद नेपाली, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी सिस्ने गाउँ कमिटी अध्यक्ष दिलकुमारी मल्ल र नेपाल दलित मुक्ति मोर्चा सिस्ने गाउँ कमिटी उपाध्यक्ष बलबहादुर नेपाली लगायतको पनि उपस्थिति रहेको थियो ।