
रुकुम पश्चिमका क्रियाशील पत्रकारलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको छ । प्रेस सेन्टर नेपा ललितपुर शाखाले पठाएको न्यानो कपडा बुधवार जिल्लाका क्रियाशील पत्रकारलाई वितरण गरिएको हो । भूकम्प प्रभावित क्षेत्रमा खटिने ३० जना पत्रकारलाई ललितपुर शाखाले पठाएको न्यानो कपडा वितरण गरिएको प्रेस सेन्टर रुकुम पश्चिमका अध्यक्ष देवकुमार ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ललितपुर शाखाले ३० जना पत्रकारहरूको लागि न्यानो ज्याकेट पठाएको थियो । उक्त ज्याकेट प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष ध्रुवविक्रम बुढाथोकीले हस्तान्तरण गर्नुभएको थियो । यसैबिच प्रेस सेन्टरको बैठक पनि बसेको छ । जिल्ला अध्यक्ष ओलीको अध्यक्षता भएको बैठकमा भूकम्पले सञ्चार माध्यम पुर्याएको क्षति, पत्रकारले भोग्नु परेका समस्या लगायत बारेमा छलफल भएको थियो ।
बैठकमा प्रेस सेन्टर नेपालका जिल्ला कार्यसमिति र पालिका समितिका पदाधिकारी तथा सदस्यहरूले सङ्गठनको अवस्थाका बारेमा रिपोर्टिङ गरेका थिए । बैठकमा प्रेस सेन्टरलाई सुदृढीकरण गर्ने विषयमा छलफल चलेको थियो । रिपोर्टिङमा उठेका विषयको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले प्रस्ट पार्नु भएको थियो ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष ध्रुवविक्रम बुढाथोकी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मेगराज खड्काको पनि आथिथ्यता रहेको थियो । कार्यक्रमको सङ्गठनका जिल्ला सचिव मनिष खड्काले गर्नुभएको थियो ।