Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्मफ्लाइट्सद्वारा पुथाउत्तरगंगाका सात वटा विद्यालयमा पुस्तकालयका लागि सहयोग 

एक विद्यालय, एक पुस्तकालय परियोजना कार्यक्रम अनुसार रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ र वडा नम्बर १२ का सात वटा विद्यालयमा पुस्तकालय स्थापनाको लागि पुस्तक हस्तान्तरण गरिएको छ ।  कर्मफ्लाइट्स फाउन्डेसन कास्की पोखरा र एजुकेसन फर लाइफ (नर्वे) को संयुक्त आयोजनामा पौष ११, १२ र १३ गते वडा नम्बर १२ मा रहेको पहाडी आधारभूत विद्यालय छमारीमा  २५ हजार, जनसेवा आधारभूत विद्यालय गोलखाडामा ६६ हजार १८, दुर्गा आधारभूत विद्यालय गर्खानीमा ६६ हजार १२ र ज्योति आधारभूत विद्यालय फल्नैमा ६६ हजार २२ रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । 

त्यस्तै पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ स्थित दशरथ आधारभूत विद्यालय तुँपामा ६६ हजार १५, जनजागृति आधारभूत विद्यालय दम्चनमा ६१ हजार ४५ र जनता आधारभूत विद्यालय तल्लोसेरामा ५८ हजार ६ सय ८० रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण भएको बताइएको छ । पुस्तकालय स्थापनार्थ पुस्तक खरिद तथा र्‍याक निर्माणमा  चार लाख आठ हजार सय सय ९२ रुपैयाँ दिइएको छ । 

404266255_1033844931034484_1910930555856462684_n1704012260.jpg

उक्त कार्यक्रममा वडा नम्बर ११ र १२ का जनप्रतिनिधिको पनि उपस्थिति रहेको थियो । १२ नम्बर वडा सदस्य प्रेमबहादुर पुनले पुस्तक हस्तान्तरण कार्यक्रम निकै सम्मानयोग्य काम भएको बताउनुभयो । यसले यो दूर दराजमा रहेका बालबालिकालाई आवश्यक ज्ञान आर्जन गर्न सहज हुने उहाँको विश्वास छ । उहाँले सहयोग गर्ने कर्मफ्लाइट्स फाउन्डेसन र एजुकेसन फर लाइफ (नर्वे) लाई धन्यवाद समेत दिनुभयो । 

दशरथ आवि तुँपाका प्रअ जिता दर्लामीले दुर्गम क्षेत्रमा अवस्थित विद्यालयमा कर्मफ्लाइट्सको सहयोगले पठनपाठनमा सहयोग पुग्ने बताउनुभयो । शैक्षिक सत्र ०८०/०८१ मा कर्मफ्लाइट्सद्वारा ९ वटा विद्यालयमा पुस्तकालय, ९ वटा विद्यालयमा टेलिस्कोप, १० वटा विद्यालयका एक हजार एक सय जना विद्यार्थीलाई न्यानो ज्याकेट तथा पुथा मावि मैकोट र जनजागृति आवि मयाङमा अक्षयकोष स्थापना गरिनुका साथै पुथा माविमा अध्ययनरत २५ जना विद्यार्थीलाई वार्षिक शैक्षिक सामग्री वितरण भइसकेको  कर्मफ्लाइट्सका प्रतिनिधि कर्मसही घर्तीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update