
रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिकामा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद केसीको अध्यक्षतामा भएको कार्यक्रमबाट धर्मबहादुर केसीको अध्यक्षतामा चार सदस्य पछि मनोनीत गर्ने गरी १३ सदस्यीय समाज गठन गरिएको हो । क्वालिटी फाउन्डेसनको डिजिटल लिट्रेसी कार्यक्रम अन्तर्गत पूर्व विद्यार्थी समाज गठन गरिएको बताइएको छ ।
कार्यक्रममा क्वालिटी फाउन्डेसनका कर्णाली प्रदेश प्रमुख जयप्रसाद तिमिल्सिनाकाे प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष जनककुमार बाँठा, ४ नम्बर वडाध्यक्ष शेरबहादुर ओली, ३ नम्बर वडाध्यक्ष तिलवीर केसी, १० नम्बर वडाध्यक्ष हरि चन्द लगायतको आतिथ्यता रहेको थियो । शिक्षक शेरबिर दाहालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक शशिराम दाहालले गर्नुभएको थियो ।