
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कमिटी रुकुम पश्चिमले विभिन्न विभाग र पालिका जिम्मेवारी तोकेको छ । शनिवार बसेको सङ्गठनको जिल्ला कमिटी बैठकले विभिन्न विभागका साथै पालिका जिम्मेवारी तोकेको हो । बैठकले महिला विभाग प्रमुखमा भगवती शर्मा, शैक्षिक अनुसन्धान तथा तालिम विभाग प्रमुखमा जनार्दन शर्मा, सङ्गठन तथा सूचना विभाग प्रमुखमा टिकाराम विष्ट र आर्थिक विभाग प्रमुखको जिम्मेवारी डन्डप्रसाद शर्मालाई दिएको छ ।
सङ्गठनको मुसिकोट नगरपालिका इन्चार्जमा जनार्दन शर्मा र सह इन्चार्ज रुद्रबहादुर ओली, आठबिसकोट नगरपालिका इन्चार्जमा यमुना मल्ल र सह इन्चार्जमा भिमबहादुर बुढा तथा चौरजहारी नगरपालिका इन्चार्जमा कालीबहादुर नेपाली र सह इन्चार्जमा डन्डप्रसाद शर्मालाई चयन गरिएको छ । त्यस्तै बाँफिकोट गाउँपालिकाको इन्चार्जमा इन्द्रबहादुर खत्री र सह इन्चार्जमा शेखर दाहाल, त्रिवेणी र सानीभेरी गाउँपालिकाको इन्चार्जमा टिकाराम विष्टलाई चयन गरिँदा त्रिवेणीको सह इन्चार्जमा केशरबहादुर खत्री र सानीभेरीको सह इन्चार्ज दिनेश खड्कालाई तोकिएको छ ।
सङ्गठनका जिल्ला अध्यक्ष यामराज ओलीको अध्यक्षता बसेको बैठकमा सङ्गठनको कर्णाली प्रदेश इन्चार्ज सङ्गम केसीको प्रमुख र सङ्गठनका निवर्तमान राष्ट्रिय समिति उपाध्यक्ष नन्दराम देवकोटाको विशेष आथित्यता रहेको थियो । बैठकमा सङ्गठनका प्रदेश कमिटी सह कोषाध्यक्ष हिरा शर्मा लगायतको पनि आतिथ्यता रहेको थियो ।