Kakhara सबैको खबर सम्पूर्ण खबर
लक्ष्मी माविलाई पूर्व विद्यार्थीद्वारा सहयोग

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ कैलदेउमा रहेको लक्ष्मी माविलाई सहयोग प्राप्त भएको छ । विद्यालयमा २०५८ सालमा कक्षा १ मा अध्ययन गरेका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका हुन् । मुसिकोट नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख अतिरिक्त क्रियाकलापका लागि विद्यालयलाई नौ हजार ६ सय रुपैयाँ सहयोग प्राप्त भएको हो ।

सुनिता रावलले दुई हजार, सुशीला रेउलेले दुई हजार, अभिषेक बोहराले एक हजार, उर्मिला बोहराले ६ सय, प्रमिला रावलले एक हजार, पूर्णमाया रावलले एक हजार, प्रतिभा बोहराले एक हजार र रोनिक्स बिसीले एक हजार सहयोग गर्नुभएको हो । उक्त रकम स्थानीय मनबहादुर बुढाथोकीबाट विद्यालयका प्रधानाध्यापक दलबहादुर रेउलेलाई हस्तान्तरण गरिएको हो ।

शिल्ड र अतिरिक्त क्रियाकलापमा विद्यालयका तर्फबाट सहभागी भएका विद्यार्थीहरूका लागि सहयोग सहयोग गरिएको बताइएको छ । विद्यालयको शैक्षिक स्तर सुधारका लागि आगामी दिनहरूमा पनि सकेको सहयोग गर्ने पूर्व विद्यार्थी अभिषेक बोहराले बताउनुभयो । 

WhatsApp Image 2024-01-17 at 13.01.47_2f9c143c1705475928.jpg

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update