Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारी द्वारा रामीडाँडामा २० वटा अस्थायी आवास निर्माण 

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले जाजरकोटको रामीडाँडामा २० वटा अस्थायी आवास निर्माण गरेको छ । उक्त क्षेत्रमा गत कात्तिक १७ गते राती केन्द्र विन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही ठाउँका स्थानीयलाई लक्षित गरेर रामीडाँडामा अस्थायी आवास निर्माण गरिएको अखिल क्रान्तिकारी केन्द्रीय कार्य समितिले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा विद्यार्थी सङ्गठनले सकेको सहयोग गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सोमपाल कामीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्गठनले २० वटा अस्थायी आवास निर्माण, भूकम्पले क्षति पुर्‍याएका ११ वटा घरहरू भत्काउने, पुरिएका सामान निकाल्ने लगायतका काम गरेको हो । त्यस्तै सोही ठाउँका दुईवटा सामुदायिक विद्यालयका एक सय बालबालिकालाई न्यानो कपडा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

चिसो समयमा विद्यार्थीलाई पढाई बाट वञ्चित हुन नपरोस् र बिरामी हुनबाट जोगाउन सकियोस् भन्ने उद्देश्यले करिब ७५ हजार बराबरको न्यानो कपडा वितरण गरिएको केन्द्रीय सदस्य कामीले जानकारी दिनुभयो । विद्यार्थी सङ्गठनका गडक प्रदेश संयोजक प्रेमप्रशान्त बोहरा, सङ्गठनका केन्द्रीय पदाधिकारीहरूको समूहले भूकम्प प्रभावित क्षेत्रमा २० दिन श्रमदान गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कामीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update