Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट गाउँपालिकालाई शव राख्ने आइस बक्स सहयोग 
बाँफिकाेट गाउँपालिकालाई हस्तान्तरण गरिएकाे आइस बक्स ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकालाई शव राख्ने आइस बक्स सहयोग प्राप्त भएको छ । हाल अमेरिकामा रहेका बाँफिकोट गाउँपालिका ६ मग्माका किशोर कुसारीले गाउँपालिकालाई एउटा आइस बक्स सहयोग गर्नुभएको हो । 

एक लाख २० हजार बराबरको आधुनिक आइस बक्स उपलब्ध गराइएको कुसारीले बताउनुभयो । उहाँका अनुसार यो बक्स मानिसको शव धेरै दिन राख्नुपर्ने अवस्थामा प्रयोगमा आउने छ । कुनै व्यक्तिको मृत्यु भयो र छोरा छोरी वा परिवारका अन्य सदस्य नआउन्जेल सम्मका लागि राख्न सहज होस भन्ने उद्देश्यले आइस बक्स सहयोग गरेको कुसारीको भनाई छ । 

वैदेशिक रोजगारी तथा अन्य कारणले देश बाहिर रहेका वा देशकै विभिन्न ठाउँमा रहेका परिवारका सदस्य घर आउन समय लाग्दा शव राख्न समस्या हुने गरेको छ । खुला रूपमा राख्दा शव सड्ने भएकोले धेरै दिन राख्न नसकिने अवस्था रहेकोमा अब भने केही सहज हुने विश्वास गरिएको छ ।

उक्त आइस बक्स अहिले बाँफिकोट स्वास्थ्य चौकीमा राखिएको छ । गाउँपालिका अस्पताल बनेपछि भने अस्पतालमा राखिने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update