Kakhara सबैको खबर सम्पूर्ण खबर
शैक्षिक योग्यता नक्कली अभियोगमा चौरजहारी अस्पतालका डाक्टर पक्राउ 
चाैरजहारी अस्पताल ।

चौरजहारी अस्पतालमा कार्यरत एक जना डाक्टर पक्राउ परेका छन । अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतमलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबि)को टोलिले आज अस्पतालबाटै पक्राउ गरेको हो । शैक्षिक योग्यताका प्रमाणपत्र सम्बन्धिको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लिखत सम्बन्धि मुद्दामा जिल्ला अदालत काठमाडौको पक्राउ आदेशपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कपिल शाहीले जानकारी दिनुभयो । मनाङ जिल्लाको चामे गाउँपालिका वडा नम्बर ९ निवासी डा.  गौतम केहि समयदेखि चौरजहारी अस्पतालमा कार्यरत थिए । ३१ बर्षका गौतमको एसएलसिको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग उनिमाथी रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update