
रुकुम पश्चिमका युवा व्यवसायी लालविर बोहराले विमानस्थल सुरक्षा गार्ड मुसीकोट १ सल्लेलाई मास्क सहयोग गर्नुभएको छ । यात्रुहरु र सुरक्षाकर्मीहरुलाई लक्षित गर्दै बोहराले चार सय थान मास्क सहयोग गर्नुभएको हो । आज प्रहरी पोष्टमा पुगेर पोष्ट इन्चार्ज प्रहरी नायब निरीक्षक शेरवहादुर चन्द र नेपाल वायू सेवा निगमका स्टेशन इन्चार्ज गोविन्द गिरीलाई बोहरा र सिस्ने गाउँपालिका ५ का वडाध्यक्ष शान्तेवहादुर विकले मास्क हस्तान्तरण गर्नुभयो ।
कोरोना भाईरसको जोखिम बढ्दै गइरहेको अवस्थामा यात्रुहरुको सुरक्षालाई ध्यानमा राखेर मास्क सहयोग गरेको बोहराले बताउनुभयो । साथै यसले विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई समेत लाभ पुग्ने उहाँको विश्वास छ । विमानस्थल सुरक्षा गार्ड पोष्टका इन्चार्ज चन्द र वायु सेवा निगमका इन्चार्ज गिरीले अव यात्रुहरुलाई मास्क दिने र यसले यात्रु लगायत अन्यको सुरक्षामा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । यात्रुहरु मास्क विना नै विमानस्थलमा आउने जाने गरेका कारण जोखिम बढिरहेको छ ।