
कोरोना भाइरसको संक्रमण बढिरहेको छ । यसको रोकथाम तथा नियन्त्रणमा सबैको भूमिका रहेको भन्दै प्रशासनले आम भेला, मेला तथा अरु भिडभाड हुने खालका कार्यक्रम नगर्न नगराउन भनेको छ । तर त्यसको प्रवाह गरिएको छैन ।
रुकुम पश्चिम तथा रुकुम पूर्वका विभिन्न ठाउँमा चैते दसैं मेला लगाइएको छ । परम्परागत रुपमा लाग्दै आएका यी मेला यो बर्ष पनि भरिएका छन् । मेलामा नाचगान, व्यापार तथा अरु विभिन्न कायम सामूहिक ढंगबाट भएका छन् । विधिपूर्वक पूजाआजा सम्पन्न गरिएको छन् । तर यसले गर्दा कोरोना संक्रमण बढ्छ कि भन्ने आशंका पनि बढेको छ ।
रुकुम पूर्वका निमित्त प्रमुख जिल्ला अधिकारी रबिन्द्र बुढा क्षेत्रीले भेला, मेला वा अरु कुनै भिडभाड हुने कार्यक्रम गर्दा प्रशासनको स्वीकृती लिनुपर्ने बताउनुभयो । स्वीकृती लिएर पनि २५ जना भन्दा बढी भेला हुन नपाइने व्यवस्था रहेको उहाँको भनाई छ । तर केन्द्रको परिपत्र ढिला आएकाले पनि यसको व्यवस्थापनमा समस्या भएको निमित्त प्रजिअ क्षेत्रीले बताउनुभयो ।