Kakhara सबैको खबर सम्पूर्ण खबर
नेरा आवि मुसिकोट १२ जमारुले गर्‍यो शिक्षक बिदाइ र स्वागत 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ जमारुमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयले शिक्षक बिदाइ तथा स्वागत गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा १९ वर्ष भन्दा बढी समय प्रधानाध्यापकको रूपमा कार्यरत भीमबहादुर ओलीलाई बिदाइ गरिएको हो । उहाँ उमेर हदको कारण प्राथमिक तह द्वितीय श्रेणीबाट सेवा निवृत्त हुनुभएको हो । 

साथै विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी लक्ष्मी ओलीलाई औपचारिक रूपमा हस्तान्तरण समेत गरिएको विद्यालयले जनाएको छ । यसैबिच सरुवा भई आउनु भएका प्राथमिक तहका स्थायी शिक्षक नरबहादुर ओली र निम्न माध्यमिक तह नगर करार शिक्षक खिमा खड्कालाई स्वागत गरिएको छ । ओली रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ को जनता मावि पोखराबाट सुरुवा भएर भर्खरै आउनुभएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपककुमार ओलीको अध्यक्षतामा भएको बिदाइ तथा स्वागत कार्यक्रममा मुसिकोट नगरपालिका ज्ञ२ का वडाध्यक्ष धिरण सिर्पाली बिमर्शको प्रमुख र मुसिकोट नगर शिक्षा शाखा प्रमुख बिनाराम खड्काको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै कार्यक्रममा बालकल्याण मावि सोलाबाङका प्रधानाध्यापक भक्तबहादुर खड्का, जनकल्याण मावि कासपोखरीका प्रधानाध्यापक रामप्रसाद ओली, आधारभूत विद्यालय डाँडागाउँका प्रधानाध्यापक गणेश खड्का, १२ नम्बर वडा सचिव देवीलाल पुन, नेपाली काङ्ग्रेसका केसरबहादुर ओली, नेकपा माओवादी केन्द्रका लालबहादुर सिर्पाली, नेकपा एमालेका मोहन ओली, एकीकृत समाजवादीका खिमबहादुर ओली लगायतको पनि आतिथ्यता रहेको थियो । 

सहायक प्रधानाध्यापक खडानन्द खडकाको स्वागत तथा बिदाइ मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक गोपाल विकले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update