गत चैत ५ गते साँझ बागलुङको निसिखोला गाउँपालिका ६ जाउलेपानीमा बस दुर्घटना परी ज्यान गुमाएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ का पत्रकार बिक्रम परियारको घर परिवारलाई एक लाख बढी रकम संकलन भएको छ । आर्थिक अवस्था कमजोर भएका पत्रकार परियारको परिवारलाई सहजताको लागि आर्थिक संकलनको काम थालिएको थियो ।
परिवारलाई क्रिया खर्च व्ययवस्थापनमा सहज होस भनेर नेकपा माओवादी केन्द्रको जनवर्गीय संगलन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम र्पुव, योङ कम्युनिष्ट लिग वाइसियल र अनेरास्ववियु क्रान्तिकारी रुकुम पूर्वले सयुक्त रुपमा खाद्यन्नसँगै नगद रकम सहयोग गरेका थिए । यी तीन संगठनहरुले १ सय ७५ किलो चामल, १५ किलो दाल, २० लिटर तेल, दश किलो नुन, पाँच वटा भाडा धुने साबुन, एक दर्जन मिट मसला र एक किलो जिरा लगायत नगद २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो ।
बुधबार र विहिबार दुई दिन गरेर पत्रकार परियारको परिवारलाई एक लाख २९ हजार रुपैयाँ संकल गरेर हस्तान्तरण गरिएको आर्थिक संकलनको नेतृत्व गुर्नभएका प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका सदस्य जितेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । संकलन भएको रकम सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले घरमै पुगेर पत्रकार परियारकी आमा रश्मी नेपालीलाई हस्तान्त्रण गर्नु भएको थियो ।
गाउँपालिका अध्यक्ष रेग्मिले पत्रकार परियारको त्याग र बलिदानलाई स्थापित गर्ने गरी सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पत्रकार परियारले पत्रकारिता क्षेत्रमा समाजमा पुर्याएको योगदानको प्रशंसा गर्नु भएको थियो । पत्रकारपरियार विगत पाँच वर्ष देखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँ पत्रकार महासंघको रुकुम पूर्वको सह सचिब तथा प्रेस सेन्टर रुकुम पूर्वको उपाध्यक्ष, अन्नपूर्ण दैनिक र हिमालयन टेलिभिजनको जिल्ला संवाददाता समेत रहनुभएको थियो ।
उहाँको परिवारलाई हिमालयन टेलिभिजनले समेत १० हजार सहयोग पठाएको थियो । २३ वर्षीय परियार सहित ९ जनाको चैत्र ५ गते रुकुम पश्चिमबाट काठमाडौँ को लागि छुटेको बागमती प्रदेश ०१००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा निधन भएको थियो ।