Kakhara सबैको खबर सम्पूर्ण खबर
धपे प्रहरी चौकीको भवनका लागि निरन्तर सहयोग जुट्दै, कृष्णको एक लाख ५ हजार सहयोग
सहयाेगी कृष्ण पाैडेल ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ स्थित धपे प्रहरी चौकीको लागि जग्गा खरिद गर्न निरन्तर सहयोग जुटिरहेको छ । देश तथा विदेशमा रहेका युवाहरूले सहयोग गरिरहेका छन् । सोही ठाउँका कृष्ण पौडेलले पनि प्रहरी चौकीलाई जग्गा खरिदको लागि रकम सहयोग गर्नुभएको छ । उहाँले एक लाख पाँच हजार ५५ रुपैयाँ नगद सहयोग गर्नुभएको हो । 

पौडेल अहिले अमेरिकाको टेकससमा हुनुहुन्छ । जग्गा खरिद गर्नको लागि थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले आफूले सहयोग गरेको उहाँले बताउनुभयो । प्रहरीको आफ्नै भवन नहुँदा कार्य सम्पादनमा समस्या भइरहेको छ । समस्या समाधान गर्नको लागि स्थानीय सहयोग सङ्कलनमा जुटेका हुन । धपे प्रहरी चौकी व्यवस्थापन समितिले सहयोग सङ्कलन गरिरहेको छ । 

प्रहरी चौकीलाई व्यवस्थापन गर्नेको लागि सहयोग सङ्कलनमा जुटेको समितिका अध्यक्ष गोपाल पौडेलले बताउनुभयो । जग्गा खरिदको लागि सबै बाट स्वतःस्फूर्त रूपमा सहयोग प्राप्त भई रहेको उहाँले जानकारी दिनुभयो । केही दिन अघि प्रहरी चौकीलाई जग्गा खरिद गर्नको लागि सोही ठाउँका अजय पौडेले पनि एक लाख पाँच हजार ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । अहिलेसम्म सहयोग गर्नेमा कृष्ण र अजयले धेरै रकम सहयोग गरेकाे समितिले जनाएकाे छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update