सिम्रुतुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज बिहान दाङबाट खलङ्गा जाँदै गरेको रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले सिम्रुतुमा ठक्कर दिँदा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ पूर्णखाराका ४० वर्षीय जयबहादुर गिरीको मृत्यु भएको हो । ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय सिम्रुतुका इन्चार्ज गणेश गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ७ का २५ वर्षीय लक्ष्मण खड्का फरार रहेका छन् । ट्रक बिच सडकमा भएकाले ठुला सवारी साधन समेत आवतजावत हुन सकेका छैनन् । मृतकका परिवार र आफन्त प्रदर्शनमा उत्रिएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१ ०९:४५
प्रतिक्रिया दिनुहोस्