Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी मावी सिम्रुतुका शिक्षक, कर्मचारीलाई ल्यापटप वितरण 
ल्यापटप वितरण पछि सामुहिक तस्विरमा शिक्षक कर्मचारी ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा रहेको त्रिवेणी माध्यामिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ । विद्यालयमा कार्यरत २३ जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको हो । प्रत्येक शिक्षक तथा कर्मचारीलाई १/१ वटाका दरले ल्यापटप वितरण गरिएको त्रिवेणी माध्यामिक विद्यालय सिम्रुतुका प्रध्यानाध्यापक डिल्लीबहादुर मल्लले जानकारी दिनुभयो  ।

उहाँका अनुसार प्रविधिको बिकाससँगै शिक्षकको क्षमता विकास गर्ने उदेश्यले ल्यापटप वितरण गरिएको हो । ल्यापटपसँगै ल्यापटपमा प्रयोग हुने माउस, किबोर्ड, पेनड्राइभ र झोला पनि वितरण गरिएको छ  । शिक्षकलाई कम्प्युटर सम्बन्धी दक्ष बनाउन २ महिनाको तालिम समेत  विद्यालयमै सञ्चानल गरिएको छ । विद्यालयमा स्मार्ट बोर्डबाटै पढाइ हुने भएकाले पनि थप शिक्षकलाई ज्ञान प्राप्त होस भन्ने उदेश्यले ल्यापटप वितरण गरिएको प्रअ मल्लले जानकारी दिनुभयो । 

वितरण गरिएका ल्यापटप विद्यालयमा अध्यापन गराउँदासम्म प्रयोग गर्न पाउने र त्यसपछि भने विद्यालयको नै हुनेछ  । ल्यापटप लगायत ल्यापटपमा प्रयोग हुने सामग्री गरेर एक जना शिक्षकलाई करिब ९० हजार रुपैयाँ बराबर सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ । नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को १६ लाख १६ हजार बजेटबाट ल्यापटप गरिद गरिएको हो । ५ वटा गत वर्ष नै खरिद गरिएको हो । भने  १८ वटा ल्यापटप यस वर्ष खरिद गरिएको प्रअ मल्लले जानकारी दिनुभयो । ल्यापटप वितरणले शिक्षक विद्यार्थीलाई सिकाईमा सहज हुने अपेक्षा विद्यालयले गरेको छ । हाल त्रिवेणी माध्यमिक विद्यालयमा बालशिक्षा देखि कक्षा १२ सम्म पठनपाठन भइरहेको छ ।438083223_713748864105817_7059343916835945135_n-1715407125.jpg

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update