Kakhara सबैको खबर सम्पूर्ण खबर
३ तलाबाट खसेका ३ वर्षीय सविन १० दिन देखि बेहोस, सहयोगका लागि परिवारको अपिल
घरकाे ३ तलाबाट खसेर गम्भीर घाइते भएका सविन रावल ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ रावलवाराका ३ वर्षीय सविन रावलको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् । असार ९ गते मुसिकोट नगरपालिकाको बागबजारमा घरको ३ तलाबाट खसेर बेहोस भएका सविनको अहिलेसम्म पनि होस खुलेको छैन । उनको शिक्षण अस्पताल नेपालगन्ज बाँकेमा उपचार भइरहेको छ ।

जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि रिफर गरिएको थियो । नेपालगन्जमा उपचार गर्दा पनि सविनको हालसम्म होस खुल्न नसकेको परिवारका सदस्यले बताएका छन् । हालसम्मको उपचारमा भएको सबै पैसा सकिएपछि सहयोगको याचना गरेको आमा राधिका गिरी रावलले बताउनुभयो ।

अहिलेसम्मको उपचारमा ठुलो धनराशि खर्च भइसकेको उहाँको भनाई छ । अबको उपचार गर्न सक्ने क्षमता परिवारसँग नभएपछि सहयोगका लागि सबैमा आग्रह गरिएको हो । मुसिकोट नगरपालिका वडा नम्बर १ ले पनि सविनको उपचारका लागि सहयोग गर्न सबैमा अनुरोध गरेको छ । 

सहयोगको लागि 
बिरामीको आमा– राधा गिरि रावल 
नेपाल बैङ्क खाता नम्बर–०७७०१००६५६६६४७०००००१
मोबाइल नम्बरहरू– ९८६७५३९१९६ र ९८२९८२३२२० 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update