Kakhara सबैको खबर सम्पूर्ण खबर
कृष्ण र विशालकाे जोडी प्रथम

रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिकामा १६ औँ पर्यटन मेलाको अवसरमा आयोजित प्रथम स्यार्पू दह युनाइटेड कप अन्तर्गत पुरुष भलिबलमा कृष्ण राना र विशाल विष्टको जोडी विजेता बनेको छ। शुक्रवार भएको फाइनलमा गोविन्द पुन र पल शाहीको जोडीलाई पराजित गर्दै कृष्ण र विशालको जोडी विजेता बनेको हो । 

विजेता जोडीले नगद २० हजार र उपविजेता जोडीले नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा चन्द्र बहादुर केसी र दीपक शाह तथा गिरिभान पुन मगर र ओमप्रकाश पुनको जोडी सान्त्वना भएको छ । दुवै जोडीले समान ६ हजार नगद पुरस्कार पाएका छन् । 

मेलाका अवसरमा भलिबल लगायतका विभिन्न खेलकुद प्रतियोगिताहरू पनि जारी छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update