Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पुर्वमा सम्पन्न योजनाको संयुक्त अनुगमन 
अनुगमन

एकीकृत कृषि तथा पशुपंक्षी  विकास कार्यालय रुकुम पूर्वले संयुक्त रूपमा अनुगमन गरेको छ । जिल्लाको भूमे र सिस्ने गाउँपालिका कार्यालय मातहत सम्पन्न  भएका  विभिन्न ६ वटा योजनाको कार्यालयले बुधबार अनुगमन गरेको हो । सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ तथा भूमे गाउँपालिका वडा नम्बर २ र ३ मा सम्पन्न भएका योजनाको अनुगमन गरिएको एकीकृत कृषि तथा पशुपंक्षी  विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पीताम्बर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिस्ने गाउँपालिकामा सम्पन्न भएका पुष्प खेती तथा नर्सरी प्रविधि प्रदर्शनी तथा भकारो सुधार, कम्पोष्टिङ र सिँचाइ सहितको कृषि विकास कार्यक्रमको अनुगमन गरिएको हो । भने भूमे गाउँपालिकामा प्राङ्गारिक मल उद्योग प्रर्वद्धन तथा लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम अन्तर्गत तरकारी तथा आलु खेती र  स्वाइन फिवर प्रभावित कृषकहरुलाई बङ्गुरका पाठापाठी वितरण लगायतका  योजनाको अनुगमन गरिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिनुयभो । 

अनुगमन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुन, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति रुकुम पूर्वका उप प्रमुख मोहनबहादुर केसी, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा मगर लगायतले अनुगमन गर्नुभएको थियो । त्यस्तै  विभिन्न वडाका वडा अध्यक्ष, जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक माधवराज खरेल, सशस्त्र प्रहरी  प्रमुख प्रहरी नायव उपरीक्षक होमराज न्यौपाने लगायत पत्रकारको पनि अनुगमन कार्यक्रममा सहभागिता रहेको थियो । 

449522512_1317965735832020_4346780319787224062_n-1720609569.jpg

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update