Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुग्यो 

जिल्ला अस्पताल रुकुम पश्चिमको आईसोलेसनमा एक पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । २६ गते देखि आईसोलेसनमा उपचाररत जिल्लाको मुसीकोट नगरपालिका ५ का ३५ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । उपचारका क्रममा रहेका उनको अक्सिजन लेवल घटेर आज विहान ६ बजेतिर मृत्यु भएको आईसोलेसन वार्ड इन्चार्ज मिलन रावतले जानकारी दिनुभयो । यो संगै जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १० पुगेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update