Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ को वडा कार्यालयको भनव उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो । ११ नम्बर  वडा कार्यालयको भवन उद्घाटन भएसँगै पालिका ६ वटा वडा कार्यालय आफै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

त्यस्तै २ नम्बर वडा कार्यालयको  भवन निर्माणको अन्तिम चरणमा रहेकाे गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण हुन बाँकी रहेका ३, ४, ७ र ९ नम्बर वडा कार्यालयको भवन आगामी आर्थिक वर्ष २०८२/०८३ मा निर्माण हुने छन् । बाँकी वडा कार्यालयको भवन निर्माण भएसँगै पालिकाका ११ वटै वडा कार्यालयहरुले आफै भवनबाट सेवा प्रवाह गर्ने छन् ।

पालिकाको पनि आफै  प्रशासकीय भवन निर्माण सम्पन्न भइसकेको छ । उद्घाटन कार्यक्रमा गाउँपालिका अध्यक्ष विष्ट, उपाध्यक्ष कमला रोका, वडा अध्यक्ष लगायत स्थानीयबासीहरुको उपस्थिती रहेको थियो । 
517012030_4285229111706571_5163432233078825529_n-1751810686.jpg

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update