Kakhara सबैको खबर सम्पूर्ण खबर
गाउँमै दाँतको उपचार, १०१ जनाले लिए सेवा 

रुकुम पश्चिमको मुसिकोट वडा नम्बर १० चुनमा दन्त परीक्षण शिविर सम्पन्न भएको छ । शुक्रबार मुसिकोट नगरपालिका १ खलंगामा हरेको जयविर डेन्टल क्लिनिकको आर्थिक तथा प्राविधिक सहयोग र वडा कार्यालयको समन्वयमा एक दिने दन्त शिविर सम्पन्न भएको हो । शिविरबाट वडाका विभिन्न ठाउँका १ सय १ जनाले सेवा लिएको वडा सदस्य बुद्धिप्रसाद रोकायले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४८ जनाको किराले खाएका दाँत निकालिएको छ । त्यस्तै ५२ जनालाई दाँतको जरैदेखि उपचार गर्न सल्लाह दिएको छ  भने १ जनाको दाँत भरिएको छ ।शिविरबाट विद्यार्थी, बालबालिका, जेष्ठ नागरिक लगायतले सेवा लिएका थिए ।  निशुल्क दन्त शिविरमा चिकित्सक किरण घले, विरेन्द्र नेपाली, ललिता केसी लगायत आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए । गाउँघरमै दाँतको उपचार गर्न पाउँदा स्थानीयबासी खुसी भएका छन् । यस्ता खालका शिविरहरु आगामी दिनमा पनि संचालन गर्नुपर्ने स्थानीयहरुको माग छ । 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update