Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी ७ मुरुमा एक वृद्धको शव फेला 
फाइल फाेटाे ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मुरुमा एक वृद्धको शव फेला परेको छ । आज बिहान वडा नम्बर ६ बारीकाका ६६ वर्षीय भिमबहादुर घर्तीको शव फेला परेको हो । घर्तीको शव भिरालो ठाउँमा रहेकाले लडेर मृत्यु भएको हो वा अन्य कुनै कारणले मृत्यु भएको भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले घटनास्थलमा प्रहरी चौकी झुल्नेटा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पुनको नेतृत्वमा प्रहरी टोली पुगेको छ । घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । मुचुल्का उठाइसकेपछि भने शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याइने प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update