Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट २ का १३ वर्षीय डिल्ली नाथ भुते खाेलामा मृत फेला 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा एक बालक मृत फेला परेका छन् ।  वडाको लामाचौर नजिक भुते खोला भन्ने ठाउँमा मंगलबार १३ वर्षीय डिल्ली नाथ मृत अवस्थामा भेटिएका हुन् । स्थानीयले आज बिहान घाँस काट्ने समयमा भीरमा साइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । साइकल डिल्लीकै हुनसक्ने बताइएको छ । 

प्रहरी चौकी पीपलबाट इन्चार्ज डिलबहादुर थारुको नेतृत्वमा प्रहरी र स्थानीयबासीहरु घटनास्थल पुग्दा डिल्ली मृत अवस्थामा भेटिएको प्रहरी चाैकी पिपलले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षक ऋषि पाठक सहितको टोली घटना स्थल पुगेको छ । घटनाको अनुसन्धान भएपछि मात्र थप खुल्ने प्रहरीले जनाएको छ । डिल्ली सोमबार साँझ देखि परिवारको सम्पर्कमा थिएनन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update