
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ तल्ला लामाचौरका १३ वर्षीय डिल्ली नाथको हत्या आशङ्कामा दुई जना पक्राउ परेका छन् । प्रहरीले सोही ठाउँका दुई जनालाई पक्राउ गरेको हो । उनीहरूलाई मङ्गलवार घरबाटै पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूको प्रहरीले नाम भने खुलाएको छैन । अनुसन्धानकै क्रममा भएकाले उनीहरूको नाम खोल्न नमिल्ने प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो देखि बेपत्ता भएका नाथ आज बिहान लामाचौर नजिकैको भूते खोला भन्ने ठाउँमा मृत फेला परेको थिए । उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
घटनाको विषयमा अनुसन्धान भइरहेको अनुसन्धान पछि थप कुरा खुल्न सक्ने प्रहरी जनाएको छ ।प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।