रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० चुनमा मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । आधारभुत स्वास्थ सेवा केन्द्र चुनको आयोजना तथा सिएमसि नेपालको प्राविधिक सहयोगमा एक दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरबाट वडाका १८ जना महिला र ८ जना पुरुष गरेर २६ जनाले सेवा लिएको वडा अध्यक्ष धनबहादुर खड्का बसन्तले जानकारी दिनुभयो ।
उहाँ अनुुसार मानसिक स्वास्थ्य सम्बन्धीका २६ जना विरामीलाई वडा कार्यालयबाट निःशुल्क औषधी उपलब्ध बनाएको छ । शिविरमा मानसिक समस्या देखिएका विरामीलाई मानसिक समस्या कम गर्न परार्मश समेत दिएको थियो । वडामा मानसिक स्वास्थ्य समस्या देखिएका व्यक्तिहरुलाई वडाले नियमित रुपमा निःशुल्क औषधी उपलब्ध बनाउने गरी तयारी गरिरहेको वडा कार्यालयले जनाएको छ ।वडामा मानसिक समस्या पुरुष भन्दा महिला धेरै रहेको पाएकाे छ । लैंगिक हिंसा÷मदिरा सेवन तथा लागुऔषधको प्रयोग मानसिक स्वास्थ्यमा समस्या उत्पन्न गर्न चुनौतीका रुपमा देखिएको वडा अध्यक्ष खड्काले बताउनुयो ।
शिविरमा सिएमसी नेपालका मनोचिकित्सक डा.दिपिका बिधान, मानसिक स्वास्थ्य संयोजक जागृती थापा, मनोसामाजिक अधिकृत दिलबहादुर शाही, मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत बेदरम ओली लगायत आधारभुत स्वास्थ्य सेवा केन्द्र चुनका स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नुभएको थियो । शिविरमा सहयोग गर्ने सवैलाई वडा कार्यालयले धन्यवाद ज्ञापन गरेको छ ।





-1759842583.jpg)