Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रहरी पाेष्ट निर्माण गर्न आर्थिक सहयोग गर्ने ६० जना व्यक्ति सम्मानित

रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ मा रहेको अस्थायी प्रहरी पोष्ट निर्माणकाे लागि आर्थिक रुपमा सहयोग गर्ने सहयोगि दाताहरुलाई सम्मान गरिएको छ । बुधबार ८ नम्बर वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी  पोष्ट निर्माणको लागि जग्गा खरिद  गर्नको लागि आर्थिक रुपमा सहयोग गर्ने व्यक्तिलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।  पाँच हजार देखि एक लाख २१ हजार एक सय ११ रुपैयाँसम्म सहयोग गर्ने सहयोगीदाताहरु सम्मान गरिएको  वडा कार्यालयले जनाएकाे छ । 

प्रहरी पोष्ट निर्माणको लागि रुकुम पूर्वको सिस्ने गाउँपालिका, रुकुम पश्चिमको मुसिकोट नगरपालिका र बाँफिकोटको गाउँपालिकाको विभिन्न ठाउँका गरी ६० जना जना व्यक्तिले सहयोग गरेका छन् । सहयोग गर्ने व्यक्तिलाई वडा कार्यालयको आर्थिक सहयोग र धपे प्रहरी चौकी निर्माण आर्थिक संकलन समितिको समन्वयमा सम्मान गरिएको हो । सहयोगिदाताहरु तीन सय ४६ जना रहेको भए पनि पाँच हजार भन्दा माथि सहयोग गर्ने ६० जनालाई व्यक्तिलाई सम्मान गरिएको  ८ नम्बर वडा सचिव खड्क पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सहयोगदाताको नाम शिलालेखमा प्रकाशित पनि गरिने छ ।

२०८१ सालमा धपे प्रहरी चौकी निर्माण आर्थिक संकलन समिति गठन गरी सहयोग संलन सुरु गरिएको थियो । समितिले जग्गा खरिदको लागि १५ लाख ५९ हजार एक सय रुपैयाँ आर्थिक संकलन भएको  छ । उक्त संकलन भएको रकमबाट अस्थायी प्रहरी पोष्टको भवन निर्माण गर्नको लागि धपेमा १५ सय वर्गमिटर जग्गा खरिद गरिएको छ । २०७५ सालमा सिस्ने गाउँपालिका वडा नम्बर ७ र ८ लाई हेर्ने गरी धपेमा अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको थियो । सुरुका दुई वर्षमा वडा कार्यालयको सानो भवनमा बसेर वडालाई सुरक्षा गरेको  प्रहरीले अहिले भने विद्यालयको भवनमा बसेर सुरक्षा दिइरहेकाे छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update