Kakhara सबैको खबर सम्पूर्ण खबर
बाख्राले पल्टाएको ढुङ्गा लागेर बाँफिकोटमा एक महिलाको मृत्यु 
फाइल फाेटाे ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । आज दिउँसो ३ बजेको समयमा वडा नम्बर १ लागिम की ३१ वर्षिया सुनिता विकको ढुङगाले लागेर मृत्यु भएको हो । वडाको रेवतखोला भन्ने ठाउँमा बाख्राले पल्टाएको ढुङ्गाले लागेर विककाे घटना स्थलमै मृत्यु भएको वडाअध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो ।

मृतक विक आफ्नै घरका बाख्रा चराउन जङल जानुभएको थियो ।  प्रहरीलाई घटनाको बारेमा जानकारी आएको र प्रहरी निरीक्षक हरिप्रसाद पुनको नेतृत्वमा प्रहरी टोली  घटनास्थल जाँदै गरेको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update