Kakhara सबैको खबर सम्पूर्ण खबर
स्वावलम्बी कृषि सहकारी संस्थाकाे कुल सम्पत्ती  १ करोड १९ लाख रुपैयाँ भन्दा  बढी

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ मा रहेको स्वावलम्बी कृषि सहकारी संस्थाले आफ्नो १४ औँ साधारण सभा सम्पन्न गरेको छ । सहकारीको सभाहल पोखरामा साधारण सभा सम्पन्न भएको हो । एक हजार दुई सय ५५ जना शेयर सदस्य रहेको सहकारीको कुल सम्पत्ति एक करोड १९ लाख ९५ हजार पाँच सय ८७ रुपैयाँ रहेको छ ।

साधारण सभामा सहकारीका कोषाध्यक्ष ज्योतिकुमारी केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । एक वर्षको अवधिमा एक करोड ४३ लाख ४३ हजार चार सय २१ रुपैयाँको कारोबार गरेको सहकारीले १५ लाख ६४ हजार ६ सय १५ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै टेलिफोन खर्च, कर्मचारी तलब खर्च, कार्यालय व्यवस्थापन खर्च, मसलन्द खर्च लगायतका विभिन्न ८ वटा शिर्षकमा १२ लाख ३८ हजार ८६ रुपैयाँ खर्च देखाएको सहकारीले तीन लाख २६ हजार पाँच सय २९ रुपैयाँ खुद नाफा गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारी संस्थाको अध्यक्ष यमुना खड्काको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला समन्वय समिति रुकुम पूर्वका सदस्य लालजित बुढाको प्रमुख तथा सिस्ने गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष दलराज घर्तीको विशेष आथिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा सिस्ने ३ का वडाध्यक्ष हेराम खड्का, सिस्ने गाउँ कार्यपालिका सदस्य मिना केसी, सिस्ने ३ का पूर्व वडाध्यक्ष पशुपति खड्का, जनता मावि पोखराका प्रधानध्यापक कलु खड्का लगायतको उपस्थिति रहेको थियो । सहकारीका सचिव तिलसरा खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सह व्यवस्थापक सुशिला घर्तीले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update