रुकुम पूर्वमा सानीभेरी नदीमा बगेर १ जनाको मृत्यु
सानीभेरी नदीमा बगेर रुकुम पूर्वमा एक जना युवाको मृत्यु भएको छ । आज बिहान माछा मार्न नदीमा गएका सिस्ने गाउँपालिका वडा नम्बर ८ का अन्दाजी २० वर्षीय लक्ष्मण नाथको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो ।
घटनाको सूचना पाए लगत्तै घटना स्थल पुगेको प्रहरीले वडाको धपे नजिकै सानीभेरी नदीमा नाथको शव फेला पारेको थियो । सोमबार साँझ माछा मार्न नदीमा थापेका पासा निकाल्ने क्रममा नाथलाई नदीले बगाएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२ १६:१३
प्रतिक्रिया दिनुहोस्






-1759842583.jpg)
