Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व प्रहरीद्वारा ५ नाल अवैध भरुवा बन्दुक बरामद 
फाइल फाेटाे ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले अवैध ५ नाल भरुवा बन्दुक बरामद गरेको छ । भूमे गाउँपालिका ८ नम्बर वडा स्थित सिपाखोलाबाट अवैध भरुवा बन्दुक बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान तर्फका कर्मचारी र सादा पोसाकमा खटिएको प्रहरी टोलीले बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गोप्य सूचनाको आधारमा जङ्गलको ओढारमा लुकाई छिपाई राखिएको बेवारिसे बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार बरामद भएका मध्ये चार वटा बन्दुक प्रयोग गर्ने खालका हुन भने एउटा बिग्रिएको अवस्थामा छ ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update