रुकुम पूर्वको सिस्ने गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । ३ नम्बर वडा स्थित मूलपानी खेलमैदानमा शिल्ड सुरु भएको हो । गाउँपालिकाको आयोजना तथा जनता मावि पोखराको व्यवस्थापनमा शिल्ड सञ्चालन भएको हो ।
शिल्डमा पालिकाभित्रका ९ वटा सामुदायिक र एउटा संस्थागत गरी दश वटा विद्यालयहरूले सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । शिल्डमा छात्र, छात्रा सटफुट, ज्याभलिङ थ्रो, त्रिपलजम्प, हाइजम्प, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ मिटर र ३ हजार मिटर दौड प्रतियोगिता हुनेभएको छ ।
यस्तै विभिन्न दुरिको रिले दौड, छात्र, छात्रा कबड्डी, भलिबल लगायतका विद्याहरुमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिंह बुढाले जानकारी दिनुभयो । त्यसतै गत वर्ष शिल्ड जितेको रुक्मिणी माविले गाउँपालिकालाई शिल्ड बुझाएको छ ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले शिल्ड ग्रहण गर्नुभएको हो । गाउँपालिका अध्यक्ष रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा पुथाउत्तरगंगा प्रमुख प्रशासकीय अधिकृत डिल्लीबहादुर विक, भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढाथोकी, पुथाउत्तरगंगा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्का, विभिन्न वडाका वडाध्यक्षहरू विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । शिल्ड माघ १५ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।





-1759842583.jpg)