रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ स्थित देउखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक युवककाे मृत्यु भएको छ। आइतबार राती देउखोलाबाट बालुवा तर्फ आउँदै गरेको रा ४ प ३७१४ नम्बरको मोटरसाइकल बालुवा देऊखोला-जामाबगर सडक खण्डको देऊखोला नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय मोहन खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल दुर्घटना भएपछि मोहनको साथी दिनेश केसीले दुर्घटना बारे राती २ बजे प्रहरीलाई खबर गर्नुभएको थियो ।
प्रहरी राती नै घटना स्थल पुगेको भए पनि मोहनको शव भने आज दिउँसो फेला परेको हो । सडक भन्दा करिब तीन सय मिटर तल सानीभेरी नदीमा किनारमा फेला परेको प्रहरी निरीक्षक विकले जानकारी गराउनुभयो । 'देउखोलाबाट बालुवा तर्फ आउँदै गर्दा मोटरसाइकल दुर्घटना भएको हो, तर के कारणले दुर्घटना भयो भन्ने बारे खुलेको छैन, हामी अनुसन्धान कै क्रममा छौँ' उहाँले भन्नुभयो ।
उनीहरू सिस्ने २ काे नायगाड गएको र त्यहाँबाट फर्किदै गरेकाे बुझिएको प्रहरीले जनाएको छ। दिनेश र मोहनले छुट्टा छुट्टै मोटरसाइकल चलाएका थिए ।





-1759842583.jpg)