Kakhara सबैको खबर सम्पूर्ण खबर
मोटरसाइकल दुर्घटना परी आठविसकोट ११ का एक युवकको मृत्यु
फाइल फोटो ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका रुकुम पश्चिमका एक युवकको मृत्यु भएको छ  । जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा आठविसकोट नगरपालिका वडा नम्बर ११ का अन्दाजी १९ समीर गिरीको मृत्यु भएको  हो । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित कमल दहबाट ६ नम्बर वडाको छिप्रीदह  आउँदै गरेको  भे ८ प ६७९७ नम्बरको मोटरसाइकल अनिन्त्रित भई मध्य पहाडी लोक मार्गमा दुर्घटना परेको थियो ।

उक्त दुर्घटनामा घाइते भएका समीरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोही ठाउँका १८ वर्षिय सुरेश गिरी घाइते हुनुभएको हो । उपचारको क्रममा समीरको बेलुकी ६:४५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरेशको अवस्था भने सामान्य रहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update