Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट ३ भाग्ले नजिकै सानीभेरी नदीमा एक  किशाेरीकाे शव फेला 
फाइल फाेटाे ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ भाग्ले नजिकै सानीभेरी नदीमा एक अन्दाजी १७ वर्षीया किशाेरीकाे शव फेला छ । आज बिहान नदीको बीचमा आधा शरिर पानीमा ढुबेको अवस्थामा शव  एक किशाेरीकाे शव फेला परेको हो । शव रुकुम पूर्वबाट नदीले बगाएर ल्याएकाे हुन सक्ने  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षक हरिप्रसाद पुनको जानकारी  दिनुभयाे । 

अस्थायी प्रहरी पोष्ट छिनखेतबाटबाट अहिले प्रहरी टोली घटनास्थल पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ।

-सम्पादक किशोरी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update