रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ का दुई जना युवालाई जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पक्राउ गरेको छ । सानीभेरी नदीमा करेन्ट लगाएर माछा मारी रहेको अवस्था उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा २९ वर्षीय गणेश बुढा र २७ वर्षीय करण रावल रहेका छन् ।
आज ७ः३० बजेको समयमा सिस्ने ८ स्थित सानीभेरी नदीमा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा अस्थायी प्रहरी धपेबाट गएको प्रहरी टोलीले उनीहरू नियन्त्रणमा लिएको हो ।
नदीमा करेन्ट लगाएर माछा मारिरहेको भनी स्थानीयले दिएको सूचनाको आधारमा धपेबाट प्रहरी सहायक निरीक्षक जन्मशय शाहीको कमान्डमा खटिएको ४ जनाको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो ।
जामाखोला लघुजल विद्युत् आयोजनाको विद्युत्को पोलबाट करेन्ट चोरी गरी माछा मार्न प्रयोग गरिएको पाँच सय मिटर तार सहित उनिहरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विकले जानकारी दिनुभयो ।
धपे प्रहरी पोस्टले जिल्ला प्रहरी कार्यालयमा घटनाको विषयमा जानकारी गराए पछि प्रहरी निरीक्षक विकको कमान्डमा पाँच जनाको प्रहरी टोली थप अनुसन्धानको धपेमा गएको थियो । उनीहरूलाई सात दिनको म्याथ थप गरेका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







-1759842583.jpg)