Kakhara सबैको खबर सम्पूर्ण खबर
सिम्रुतु क्याम्पसका आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रतुमा रहेको सिम्रुतु क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत आठ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । क्याम्पसको पाँचौँ सभाको अवसरमा बिहीबार आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोकाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

क्याम्पसमा नियमित तथा बढी हाजिर हुने विद्यार्थीलाई प्राथमिकतामा राखेर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरी पुरस्कार प्रदान गरिएको क्याम्पस प्रमुख सूर्यविक्रम खड्काले जानकारी दिनुभयो । छात्रवृत्ति प्राप्त गर्नेमा जेनिशा खड्का, रमिता मल्ल, सुशीला खड्का, निर्मला पुन, दिपा परियार, भावना परियार, वीरेन्द्र विक र हुकुम परियार रहेको उहाँले जानकारी दिनुभयो ।

विद्यार्थीको नियमित उपस्थिति र अध्ययनप्रतिको लगावलाई प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको क्याम्पसले जनाएको छ । नियमित क्याम्पस आउने विद्यार्थीलाई प्रोत्साहन गर्दा शैक्षिक गतिविधिमा विद्यार्थीको सहभागिता थप बढ्ने क्याम्पसले अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update