सिस्ने ४ मा आयोजित भलिबल प्रतियोगिता बाँफिकोट २ ले जित्यो

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङ मा आयोजित तेस्रो वडा कप  २०८३ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ ले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा आयोजकलाई ३–१ को सोझो सेटमा पराजित गर्दै बाँफिकोट २ ले तेस्रो वडा कप जितेको हो । 

प्रथम भएको बाँफिकोट २ ले नगद १ लाख दुई हजार तीन रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

यस्तै दोस्रो स्थानमा चित्त बुझाएको आयोजकले नगद ७१ हजार दुई सय तीन रुपैयाँ साथमा  मेडल र प्रमाण पत्र पाउँदा तेस्रो भएको सिस्ने ६ ले नगद  ३२ हजार तीन रुपैयाँ तथा  सान्त्वना भएको सिस्ने ७ ले नगद १५ हजार तीन रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको खेलकुद समिति अध्यक्ष करुणा पुन मगरले जानकारी दिनुभयो 

यस्तै महिला भलिबल तर्फ भूमे गाउँपालिकामा वडा नम्बर ६ महत प्रथम भएको छ । आजै भएको फाइनलमा आयोजकलाई पराजित गर्दै भूमे ६ प्रथम भएको हो । प्रथम भएको भूमे ६ ले नगद ३५ हजार तीन रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाएको छ । 

दोस्रो भएको आयोजकले नगद २० हजार तीन रुपैयाँ पाउँदा  तेस्रो भएको  थबाङ गाउँपालिका  २ रोल्पाले  नगद १३ हजार तीन रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र  पाएको छ । 

यस्तै  सान्त्वना भएको आयोजक बिले नगद सात हजार तीन रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। पुरुष भलिबल तर्फ २५ र महिला भलिबल प्रतियोगिता तर्फ २२ टिमले प्रतिस्पर्धा गरेका थिए । 

सिस्ने गाउँपालिका वडा नम्बर ४ र खेलकुद समितिको आयोजनामा कात्तिक १४ गते देखि सुरु भएको खुला शुद्ध वडा स्तरीय भलिबल प्रतियोगिता आज समापन गरिएको छ । एक कार्यक्रमका बिच प्रतियोगिताको समापन गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update