निशाना युवा क्लबको अध्यक्षमा यमन बाँठा मगर

रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा रहेकाे जिल्लाकै प्रतिष्ठित क्लब निशाना युवा क्लबको पाँचौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाे छ । यमन बाँठा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हाे ।

अधिवेशनबाट अग्नी खड्का उपाध्यक्ष, मोहन विक्रम खड्का सचिव, लक्ष्मण सार्की सहसचिव र मनिषा खड्का कोषाध्यक्षमा चयन हुनुभएकाे छ ।

त्यस्तै, राजन विक र सपना बुढाथोकी सदस्यमा चयन भएकाे बताइएकाे छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै क्लबको आगामी कार्यकालका लागि कार्यसमिति गठन गरेको हो ।

यस क्लबले खेलकुद र युवाहरूकाे क्षमता विकासका लागि काम गरिरहेकाे छ । यस क्लबकाे आयाेजनामा निशाना कप खेलकुद प्रतियोगिता सहित अन्य कार्यक्रम आयाेजना भइरहेका छन् । यसवर्षकाे निशाना कप बुधबार मात्र सम्पन्न भएकाे छ । 

आगामी दिनमा समेत खेल तथा विभिन्न सामाजिक गतिबिधिलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने नव निर्वाचित अध्यक्ष यमन बाँठा मगरले प्रतिबद्धता जनाउनुभयाे । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update