एसएलसी ब्याचका साथीहरूको वनभोज तथा मित्र मिलन कार्यक्रम
फाइल फोटो ।

रुकुम पश्चिममा २०६१ साल चैतमा एसएलसी परीक्षा दिएका साथीहरूबीच आपसी सद्भाव, आत्मीयता र मित्रता प्रगाढ बनाउने उद्देश्यले वनभोज तथा मित्र मिलन कार्यक्रम आयोजना हुने भएको छ । यही कात्तिक २१ गते शनिबार बिहान ९ बजेदेखि मुसीकोट नगरपालिका–७ स्थित बैरीदह साखमा वनभोज तथा मित्र मिलन कार्यक्रम हुन लागेको हो ।  लामो समयपछि पुराना साथीहरूबीच भेटघाट, विगतका सम्झना साटासाट र मित्रता नवीकरण गर्ने अवसरका रूपमा कार्यक्रम आयोजना गर्न लागिएको भुपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा २०६१ साल चैतमा एसएलसी दिएका सम्पूर्ण साथीहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।‘पुराना सम्झना, नयाँ उमङ्ग र अटुट मित्रताको आत्मीय सङ्गम’ आयोजना हुने कार्यक्रमले पुराना साथीहरूलाई पुनः एकै ठाउँमा जोड्ने उहाँको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update