विहे भोज खान गएका बटालाको शव भेटियो
विहे भोज खान गएका यहाँका एक जनाको शव भेटिएको छ । आठबीसकोट नगरपालिका ९, का ५२ वर्षीय विने बटालाको सोमबार विहान शव भेटिएको हो । सोही वडाका कमल परियारको विहे भोज खान गएका बटाला सुतेकै ठाउ“मा मृत भेटिएको प्रहरीले जनाएको छ । आइतबार विहे भोज खान भनि गएका बटाला विहान सम्म नउठेपछि उठाउन खोज्दा मृत्यु भइसकेको थाहा भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले विहे भोज खान गएको र घर पछाडिको त्रिपालमुनि एक्लै सुतेको अवस्थामा विहान शव भेटिएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक प्रशुराम चौधरी नेतृत्वको टोली घटना स्थल पुगेर अनुसन्धान थालेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८ १२:२३
प्रतिक्रिया दिनुहोस्