वडाध्यक्ष पुनले गरे मोटरसाइकल फिर्ता
                            
                            
                                                        
                                                    
                                                            
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ६ नम्बर वडाध्यक्ष राजेन्द्र पुनले मोटरसाइकल गाउँपालिकामा बुझाउनु भएको छ । वडाध्यक्षका हैसियतमा आफूले चढ्दै आएको सरकारी मोटरसाइकल गाउँपालिकाको जिन्सी शाखामा फिर्ता गरेको वडाध्यक्ष पुनले बताउनुभयो ।
निर्वाचनको मिति नजिकिदै गएको र चुनाव प्रचार प्रसारमा हिड्नुपर्ने भएकाले सरकारी साधनको प्रयोग गर्ने भनेर मोटरसाइल फिर्ता गरेको उहाँको भनाई छ । रा १ ब ८२३ नम्बरको सरकारी मोटरसाइकल उहाँले चढ्दै आउनु भएको थियो । आफ्नो कार्यकाल सकिन बाँकी रहेको समयमा व्यक्तिगत सवारी साधन चढ्ने उहाँले बताउनुभयो ।  
 
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १६:३२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    


-1759842583.jpg)