Top Navigation
बुधबार, साउन २५, २०७९ ०५:०६:३३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, साउन २५, २०७९ ०५:०६:३४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मृत्यु
  • #अरिंगालकाे टाेकाइ
  • #वडा विशेष
  • #बाँफिकाेट २
  • #प्रकाश खत्री
  • #नि:शुल्क दुध
  • #सम्बन्ध विच्छेद
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • कमाण्डरको ‘कमाण्ड’मा भूमे
कमाण्डरको ‘कमाण्ड’मा भूमे
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, जेठ २८, २०७९

होमप्रकाश श्रेष्ठ ‘हिमाल’ धेरैले चिनेको मान्छे तथा सुनेको नाम हो । दश वर्ष चलेको जनयुद्धपूर्वदेखि जनयुद्धकालभर निरन्तर कमाण्डरको भूमिका निर्वाह गर्नुभएका उनै श्रेष्ठ अब फरक भूमिकामा आइपुग्नु भएको छ । भूमेको कमाण्डर अर्थात समग्र भूमे गाउँपालिकाको विकासका लागि जनताले श्रेष्ठलाई त्यो जिम्मेवारी दिएका छन् । श्रेष्ठले भूमेको समृद्धिका लागि समग्र कमाण्डिङ गर्नुपर्ने छ । वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनका क्रममा श्रेष्ठ भूमे गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो । भारी मतान्तरका साथ भूमेबासीले श्रेष्ठलाई गाउँपालिकाको कमाण्डिङ गर्न आदेश गरेका छन् । श्रेष्ठले निकटतम प्रतिस्प्रधि भन्दा झण्डै ३५ सय मत बढी ल्याउनुभयो । ३ हजार ९ सय ७५ मत ल्याउनु भएका श्रेष्ठको मतान्तर ३ हजार ४ सय ७२ छ । निकटतम प्रतिस्प्रधिको पक्षमा ५ सय ३ मत आयो । 

१९ वर्षमै राडी प्रहरी चौकी आक्रमणको एक सदस्य
४६ वर्षीय श्रेष्ठ जनयुद्ध घोषणा पूर्व नै पार्टीमा क्रियाशिल हुनुहुन्थ्यो । २०४९ सालमा वाइसीएलमा आवद्ध भएर उहाँ पार्टीको काममा हिड्नुभएको थियो । २०५०/०५१ सालमा उहाँले पार्टीको सदस्यता प्राप्त गरिसक्नुभएको थियो । २०५१/०५२ मा उहाँ वाइसीएलको रुकुम जिल्ला सदस्य भएर जनयुद्धको तयारीको काममा जुट्नु भएको थियो । जनयुद्धको तयारीका क्रममा श्रेष्ठले सुरक्षा दल, लडाकु दलको सदस्य र स्वयसेवकको भूमिका निर्वाह गर्नुभयो । १९ वर्षकै उमेरमा श्रेष्ठ प्रहरी चौकी आक्रमणमा सहभागि हुनुभयो । तत्कालिन माओवादीले जनयुद्ध घोषणासँगै गरेको रुकुमको राडी प्रहरी चौकी आक्रमणको एक सदस्य हुनुहुन्थ्यो श्रेष्ठ । राडी प्रहरी चौकी आक्रमणका क्रममा श्रेष्ठको जिम्मेवारी क्याप्चर ग्रुपमा थियो । सो जिम्मेवारी उहाँले कुशलतापूर्वक निर्वाह गर्नुभयो । 

निरन्तर कमाण्डर
जनयुद्ध घोषणा भएपछि उहाँ निरन्तर कमाण्डर बन्नुभयो । सफलतापूर्वक जिम्मेवारी पनि निर्वाह गर्नुभयो । २०५२ सालमा रुकुमको राडी प्रहरी चौकी आक्रमण पश्चात २०५३ मा उहाँ पहिलो कमाण्डर बन्नुभयो । सुरुमा श्रेष्ठ स्क्वायड कमाण्डर बन्नुभयो । त्यतिबेला माओवादीले स्वायड मार्फत फर्मेशन गरेको थियो । २०५४/०५५ मा माओवादीले सेनाको फर्मेशन गर्यो । जसमा माओवादीले ३ वटा सेनाका प्लाटुन बनायो । ति ३ वटा प्लाटुन मध्यको एउटा प्लाटुनको कमाण्डर श्रेष्ठ बन्नुभयो । जनयुद्धका क्रममा तत्कालिन नेकपा माओवादीले जनमुक्ति सेनाका ३ प्लाटुन बनाएको थियो । १ नम्बर प्लाटुन रोल्पा, २ नम्बर प्लाटुन रुकुम र सल्यान तथा जाजरकोटको गरी ३ नम्बर प्लाटुन । यी तीन मध्यको २ नम्बर प्लाटुनको पहिलो कमाण्डर बन्नुभएको थियो श्रेष्ठ । प्लाटुनपछि बनेको कम्पनी, बटालियन, विग्रेड कमाण्डर पनि उहाँ बन्नुभयो । जनमुक्ति सेनाको फर्मेशन विस्तार हुँदै जाने क्रममा जुन जुन फर्मेशन विस्तार हुन्छ त्यस मध्यको एउटा कमाण्डर श्रेष्ठ बन्नुभएको थियो । यसबीचमा उहाँले विग्रेड कमिसारको भूमिका पनि निर्वाह गर्नुभयो । 

राइफल कब्जाको नेतृत्व
जनयुद्धको थालनी माओवादीलाई हतियारको महत्व धेरै थियो । माओवादीसित केही भरुवा बन्दुक, घगारुको ली, खुकुरी मात्रै थिए । लडाई बढ्दै जाँदा हतियारको आवश्यक्ता बढेकै थियो । तर हतियार पुगिरहेको थिएन । तत्कालिन समयमा हतियार किन्ने भन्दा कब्जा गर्ने रणनीतिमा पार्टी थियो । त्यही सिलसिलामा श्रेष्ठकै नेतृत्वको एक टोलीले राइफल कब्जा गरेको थियो । २०५४ सालमा हालको पुथाउत्तरगंगा गाउँपालिका १२, क्युबाङचौर नजिकै उहाँ नेतृत्वको टोलीले प्रहरीबाट राइफल कब्जा गरेको थियो । हतियारको आवश्यक्ता बढिरहेका बेला कब्जा भएको राइफलले लडाइमा त सहयोग गरेको थियो नै लडाकुहरुको पनि मनोबल बढाउने त्यो कार्यले ठूलो भूमिका निर्वाह गरेको श्रेष्ठले बताउनुभयो । जनयुद्धभर राइफल कब्जा सहित ३० औं लडाई लडेको श्रेष्ठले बताउनुभयो । तत्कालिन समयमा भएका केही मात्रै लडाईमा आफू छुटेको नत्र अधिकांश लडाईमा सहभागि भएको उहाँले बताउनुभयो । 

जनयुद्धमा केन्द्रीय सदस्य हाल जिल्ला संयोजक 
उहाँ जनयुद्धकै क्रममा तत्कालिन माओवादीको केन्द्रीय सदस्य बन्नुभएको थियो । २०६० सालका ९५ केन्द्रीय सदस्यमध्य उहाँ एक हुनुहुन्थ्यो । त्यसपछि शान्ति प्रक्रिया हुँदै हाल उहाँ नेकपा माओवादी केन्द्र रुकुम पूर्वको जिल्ला संयोजक हुनुहुन्छ । शान्ति प्रक्रियापछि उहाँ पार्टीको मगरात राज्य समिति सदस्य बन्नुभयो । एमालेसँगको एकताको क्रममा उहाँल प्रदेश समितिको सदस्य बन्नुभयो । त्यतिबेलै उहाँलाई पार्टीले जिल्ला संयोजक भनेर जिल्लाबाट सिफारिस गरेको थियो । पछिल्लो पटक श्रेष्ठले पार्टीको जिल्ला संयोजकको जिम्मेवारी सम्हाली रहनुभएको छ । जनयुद्ध सुरु हुनु पूर्वदेखि हालसम्म उहाँ जनमुक्ति सेनादेखि पार्टीका विभिन्न मोर्चामा रहेर कार्य सम्पादन गरिसक्नु भएको छ । उहाँ हाल पार्टीको जिल्ला संयोजक मात्रै नभएर लुम्बिनी प्रदेश समस्य समेत हुनुहुन्छ । 

विकासका र समृद्धिको च्याप्टर
भूमे गाउँपालिकाको अध्यक्षको कुर्सीमा बसेर उहाँ गाउँपालिकाको समग्र विकासको योजना कोर्दै हुनुहुन्छ । जनयुद्ध, शान्ति प्रक्रियालाई एउटा च्याप्टरको रुपमा बुझ्ने श्रेष्ठले अबको च्याप्टर भनेको समग्र समृद्धिको भएको बताउनुभयो । विकास र समृद्धिको च्याप्टरमा जनतलाई जोडेर अघि बढ्न सकेपछि समाजवादमा पुग्ने सकिने भनाई उहाँको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन यसमध्यमा पनि प्राकृतिक पर्यटनसँग जोडिएर जनताको जीवन स्तर उकास्ने कामका लागि स्थानीय सरकार लाग्नुपर्ने भनाई उहाँको छ । भूमेको विकासमा स्थानीय सरकार जनतासँगै अघि बढ्ने, शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने, पर्यटनलाई जनताको घर र आम्दानीसँग जोड्ने योजना रहेको उहाँले बताउनुभयो । सडक निर्माणको सन्दर्भमा निर्वतमान कार्यपालिकाले धेरै गरेको भन्दै अब त्यसको दिगो व्यवस्थपनमा ध्यान दिँदै जनतालाई रोजगारीमा जोड्ने, आम्दानी बढाउने कुरामा भूमे सरकार केन्द्रीत हुने र यसमा सबै भूमेबासीलाई हिडाल्ने योजनामा श्रेष्ठ हुनुहुन्छ । 
 


प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १४:२३
Bijayswori Bijayswori
स्वास्थ्य सेवा कार्यालय स्वास्थ्य सेवा कार्यालय
#स्थानीय सरकार #व्यक्ति व्यक्तित्व #हाेमप्रकाश श्रेष्ठ #भूमे गाउँपालिका #कमाण्डर
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता बुधबार, साउन २५, २०७९
चौरजहारीले संचालन गरेको रोजगार सहायकको परीक्षामा कोही पास भएनन् 
चौरजहारीले संचालन गरेको रोजगार सहायकको परीक्षामा कोही पास भएनन्  शनिबार, साउन २१, २०७९
आठबीसकोटले पहिलो पटक राजस्वकाे लक्ष हाँसिल गर्न सकेन
आठबीसकोटले पहिलो पटक राजस्वकाे लक्ष हाँसिल गर्न सकेन शनिबार, साउन २१, २०७९
अस्पताल तथा औषधीजन्य पसल दर्ता, नविकरण गर्न आठबीसकोटको अनुरोध
अस्पताल तथा औषधीजन्य पसल दर्ता, नविकरण गर्न आठबीसकोटको अनुरोध शुक्रबार, साउन २०, २०७९
पुथाउत्तरगंगाका ५ सय ६० परिवारलाई ५६ लाख राहत वितरण
पुथाउत्तरगंगाका ५ सय ६० परिवारलाई ५६ लाख राहत वितरण शुक्रबार, साउन २०, २०७९
चौरजहारीका झण्डै ९ सयले रोजगारी पाए
चौरजहारीका झण्डै ९ सयले रोजगारी पाए बिहीबार, साउन १९, २०७९
सिस्नेका ३ विद्यालयलाई संगीत सामग्री प्रदान
सिस्नेका ३ विद्यालयलाई संगीत सामग्री प्रदान बिहीबार, साउन १९, २०७९
सिस्ने गाउँपालिकाको विद्यालय अनगुमनको क्रम जारी
सिस्ने गाउँपालिकाको विद्यालय अनगुमनको क्रम जारी बुधबार, साउन १८, २०७९
शैक्षिक सुधारको योजनाका लागि विद्यालय अनुगमन
शैक्षिक सुधारको योजनाका लागि विद्यालय अनुगमन मंगलबार, साउन १७, २०७९
लोकप्रिय
  • Week
  • Month
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै  नि:शुल्क दुध
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै नि:शुल्क दुध
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
भल पसेन, कमलदह भरिएन
भल पसेन, कमलदह भरिएन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    • स्थानीय तहकाे बजेट २०७८
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2022 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्